Logo

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको भोलिपल्टै सरकारबाट बाहिरिने चेतावनी



काठमाडौं, १ चैत्र । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरुको माग पूरा नभए सरकारबाट बाहिरिने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको कुराहरु पूरा नभए आगामी २०८० असार ३१ गतेभित्र सरकारबाट बाहिरिने बताएका हुन् ।

आफूले यसबारेमा स्पष्टसँग प्रधानमन्त्रीलाई कुरा राखेको उनले बताए । ‘प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौं,’– उनले भने ।

पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्न चाहन्थे । पाण्डेले आफू मन्त्री बन्न नपाएको रिस निरन्तर पोखिरहेको धेरैको बुझाइ छ । हिजो प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा अघि पनि उनले सरकारको आलोचना गरेका थिए । आलोचनालाई खण्डण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिनेले आलोचना नगरी दिनसमेत आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्