काठमाडौं, १ चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । बैंकले चैत १ गतेलाई ‘कर्मचारीको दिवश’ को रुपमा मनाउँदै आफ्ना कर्मचारीहरुलाई उक्त सम्मान प्रदान गरेको हो ।
साथै, बैंकले १७औं वर्ष पुरा गरी १८औं वर्षमा प्रवेश गर्न थालेको सुखद उपलक्ष्यमा एक महिने बार्षिक उत्सव सम्बन्धी कार्यक्रमहरु आयोजना गरिरहेको छ ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रमका बीच प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अविरल १० वर्ष सेवा प्रवाह गरेका ४५ जना र १५ वर्ष सेवा प्रवाह गरेका १५ जना गरी जम्मा ६० जना कर्मचारीलाई क्रमशः १० ग्राम र १५ ग्राम स्वर्णपदक तथा प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरेका हुन् ।