Logo

रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु



काठमाडौं, १ चैत । रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले आज (बिहीबार) वक्तव्य जारी गर्दै रुसी सेनामा भर्ती भएका ७ नेपाली युवाको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको बताएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो पटक ज्यान गुमाउनेमा पूर्णबहादुर गुरुङ (धादिङ), नवीन शाही (जाजरकोट), पदमबहादुर घिमिरे (उदयपुर), गंगाराम अधिकारी (झापा), जितबहादुर विक (बाग्लुङ), सञ्जय केसी (बाँके) र सुन्दर मोक्तान (रसुवा) रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्