काठमाडौं । सुनको अवैध तस्करी जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी किरण बज्राचार्यलाई कारबाही गर्न सिफारिस गरेको छ ।
बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाउँदै छानबिन समितिले बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो । प्रहरीकै पूर्वउच्च अधिकारीका साथै राजनीतिक दलका नेतालगायतलाई उन्मुक्ति दिएको छानबिन समितिले देखाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आयोगको सिफारिससँगै बज्राचार्यमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढ्ने बताइएको छ ।
जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार प्रतिवेदन गृहमन्त्री लामिछानेलाई १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेका थिए।
आयोगले ब्रेक शुमार्फत् भित्रिएको ६० किलो सुन र भेपमार्फत् भित्रिएको ९ किलो सुन सम्बन्धी अनुसन्धान तथा अध्ययन गरेको थियो।