Logo

प्लाटिनम कलेजका सञ्चालक जीवन गुरुङविरुद्ध मुद्दा चलाउन सिफारिस



काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका विदेश सल्हाकार जीवन गुरुङमाथि पनि मुद्दा चलाउन सुन तस्करी छानबिन समितिले सिफारिस गरेको छ ।

सुन तस्करीको छानबिन गर्न गठित आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदै गुरुङमाथि मुद्दा चलाउन सिफारिस गरेको हो । भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला परेको हो ।

डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालकसमेत रहेका गुरुङ गत फागुन १४ गेत पक्राउ परेका थिए । सुन तस्करी प्रकरणमा उनको संलग्नता देखिएपछि सीआईबीले उनलाई पक्राउ गरेर छानबिन गरिरहेका छ ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । यसबारेमा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराईसकेका छन् । प्रधानमन्त्री दाहालले यो प्रकरणमा दोषी देखिएका कसैलाई पनि नछोड्न भन्दै गो–अ–हेड भनेका छन् । प्रधानमन्त्री दाहाललाई विहान जाँचबुझ आयोगको प्रतिवेदन बुझाउने बेलामा गृहमन्त्री लामिछानेले प्रतिवेदनबारे छोटोमा ब्रिफ गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्