Logo

सवारी दुर्घटना न्युनिकरण गर्न क्यालेण्डर बनाउन किरातीको माग



काठमाडौं,२ चैत । नेकपा माओवादी केनद्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्युनिकरणका लागि गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका किराँतीले बिहीबार भोजपुर जाँदै गरेको जीप उलयपुरमा दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएको स्मरण गराउँदै सवारी दुघएटना रोक्नका लागि क्यालेण्डर निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्‍याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्युनिकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्