Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, सुन जाँचबुझ आयोगको प्रतिवेदनबारे छलफल हुने



काठमाडौं,२ चैत । अवैध रुपमा नेपाल भित्रिएको सुन जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग प्रतिवेदनमाथि छलफल गरेर कारबाही प्रक्रिया अघि बढाउने निर्णय सरकारले गर्न लागेको हो।

सुन जाँचबुझ गर्न बनाएको पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले बिहीबार प्रतिवेदन बुझाएको थियो।

छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरबाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो। सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको छ ।

छानबिन आयोगले सीकाईबी कै प्रमुख किरण बज्राचार्यसहितलाई विभागीय कारबाही गर्न सिफारिस गर्दा पूर्व सभामुख कृष्णबहादुर महरा, अध्यागमनाका पूर्व महानिर्देशक झलकराम अधिकारी, तत्कालीन भन्सार विभागका महानिर्देशक अरुण पोखरेलसहितलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्