काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्मा नाराबाजी गरेको छ ।
सहकारी ठगीमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनको राजीनामा मागेर संसद् अवरुद्ध गरेको हो । कांग्रेसको अवरोध पछि आइतबारसम्म बैठक स्थगित भएको छ ।