Logo

कांग्रेसको अवरोधपछि राजनीतिक दलसम्बन्धी विधेयक पेश गर्नबाट रोकिए गृहमन्त्री लामिछाने



काठमाडौं,२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पछि हटेका छन् ।

सहकारी ठगीमा मुछिएका रास्वपा सभापति लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले उनको राजीनामा मागेर संसद् अवरुद्ध गरिरहेको छ । बिहान ११ बजे बसेको बैठकमा पनि कांग्रेसले अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

दोस्रो पटक बसेको बैठकमा सभामुख देवराज घिमिरेले लाछिानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन0 विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै कांग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् । कांग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

तस्बिरहरु/ मुकुन्द कालिकोटे: रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot