Logo

गृहमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसदले आफ्नो अनुहार ऐनामा हेरुन्, दूधले नुहाएका कोही पनि छैनन्: सांसद चन्दा कार्की



काठमाडौं,३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.चन्दा कार्की भण्डारीले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गलत राजनीतिक संस्कार अवलम्बन गरेको बताएकी छन् ।

शुक्रबार राती प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै डा भण्डारीले गृहमन्त्रीको राजीनामा मागेर कांग्रेसले सदन अवरुद्ध गर्नु उचित नभएको जिकिर गरिन् । छानबिन गर्ने हो भने नेपालका कुनैपनि राजनीतिक दलका नेताहरु चोखा नरहेको उनको दाबी छ ‘गृहमन्त्रीले संसद्मा बोल्छु भन्नु भएको छ । कांग्रेसले उहाँलाई बोल्न दिनुपर्छ । कुनैपनि विषयमा प्रश्न उठेपछि त्यसको जवाफ दिन मौका पाउनुपर्छ । बोल्नै नदिई राजीनामा माग्नु ठीक भएन । यो राजनीति हो । राजनीतिमा कसैले पनि कसैलाई टिक्न नदिने त परम्परा नै बनिसक्यो । रवि लामिछाने गृहमन्त्री भएको कतिनै दिन भएको छ र ? उहाँको काम हेरौं न कति धेरै राम्रो काम गर्नु भएको छ । उहाँको काम हेर्नु छैन् खाली विरोधका लागि विरोध गर्नु भएन् । नेपालमा दूधले नुहाएका नेता कोहीपनि छैनन्’ उनले भनिन् ।

गत सातासम्म नेपाली कांग्रेसको सरकार भएको उल्लेख गर्दै सांसद भण्डारीले रवि दोषी भए त्यो बेला किन नथुनेको भन्दै प्रश्न गरिन् ‘गत सातासम्म कांग्रेसकै सरकार थियो । रवि दाषी हुन् भने किन समातेर नथुनेको ? यो हिजोको कुरा त होईन नी कति महिनादेखि आईरहेको कुरा हो । नेपाली कांग्रेसले के हेरेर बस्यो ? उहीबेला थुनेको भए हुन्थ्यो त ? म भन्न चाहान्छु कसैको नाम लिँन्न तर, राजीनामा माग्नुअघि उहाँहरुले आफ्नो अनुहार ऐनामा हेर्दा हुन्छ’ ।

सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपा सभापति लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै नेपाली कांग्रेसले संसद्मा अवरोध गर्दै आएको छ । कांग्रेसकै अवरोधका लागि शुक्रबार बसेको प्रतिनिधि सभा बैठक २ पटक स्थगित भएको थियो ।



प्रतिक्रिया दिनुहोस्