Logo

बाबुरामलाई गंगानारायणको च्यालेन्जः बहुमत देखाउनुपर्ने दिन आए देखाइदिन्छौं (भिडिओसहित)



काठमाडौं, ४ चैत । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले माओवादी घटकहरु छिन्नभिन्न हुँदा जनयुद्धबाट प्राप्त उपलब्धीहरु कमजोर भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्दै संस्थागत गर्नका लागि एकता अपरिहार्य भनेको बताएका हुन् ।

ढिलोचाँडो टुक्रा–टुक्रामा विभाजन भएका माओवादी घटकहरु कालान्तरमा एकजुट हुनुको विकल्प नरहेको उनको दाबी छ । ब्यक्तिगत आग्रह, पूर्वाग्रह छाडेर एकता आजको आवश्यकता रहेको उनको ठम्याईँ छ । उनले माओवादी र नेसपाबीच छिट्टै एकता हुने र बाबुराम भट्टराई पनि एकताको पक्षमा उभिने उनको भनाइ छ ।

‘नेपालमा हिजो जनयुद्ध लडेका सबै शक्तिहरु छिन्नभिन्न, टुक्रा–टुृक्रा, खण्डित भए । उनीहरु सबैलाई एक ठाउँमा ल्याएर बलियो बनाउने मेरो अभियान हो । त्यो अभियानमा डा.बाबुराम भट्टराई र अरु सबै पनि आउनुपर्छ भन्ने हो । त्यसमा डा. बाबुराम भट्टराई वैचारिक र सैद्धान्तिक रुपमा असहमत हुनुहुन्न । मलाई विश्वास छ उहाँ आउनुहुन्छ,’– उनले भने ।

बाबुराम भट्टराईसँग जिन्दगीमा सबैभन्दा लामो सहकार्य गरेको उनलाई धोका नदिएको कुरा दुवै सत्य रहेको उनको भनाइ छ ।

नेसपा र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक बसेर दुई पार्टीबीच एकता गर्ने सहमती गरेको थियो । उनले आफूहरुले जुटाउने सहमती गरेको र फुटाउनेमा कुनै हात नरहेको बताए । उनले आफू अल्पमत र बहुमत देखाउने दिन नआओस् भन्ने पक्षमा रहेको बताए । उनले त्यस्तो दिन आएको दिन बहुमत पुर्याएर देखाइदिने बताए ।

‘अल्पमत र बहुमत देखाउन पर्ने दिन आएको दिन, त्यस्तो नआओस् भन्ने मेरो कामना छ, आएको दिन हामी देखाउँछौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्