Logo

प्रतिनिधि सभा बैठक सुरू (लाईभ)



काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आर्थिक वर्ष २०८१-०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot