काठमाडौं, ४ चैत । सहकारी पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूहरुको बचत रकम फिर्ता पाउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि आयोजित सभामा पुगेका प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीबाट पीडित भएका बचतकर्ताहरुले रकम फिर्ताको वातावरण बनाइदिन भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले उक्त सहकारीमा अध्यक्ष जिबीलाईलाई जसरी भएपनि पक्राउ गर्न आग्रह गरे । जवाफमा प्रचण्डले जिबी राई चाँडै पक्राउ पर्ने र सरकारले बचत रकम फिर्ता गराउने वातावरण मिलाउने बताए ।
जिबी राई लामो समयदेखि फरार छन् ।