काठमाडौं, ४ चैत । काठमाडौं जिल्ला अदालतले थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोपमा पक्राउ परेकी मानकुमारी सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ । गत फागुन ११ उनले उक्त अस्पतालबाट २६ दिनको बच्चा चोरेकी थिईन् । प्रहरीले सोही राति उनलाई पेप्सिकोलाबाट पक्राउ गरेको थियो ।
मानकुमारीले लगातार गर्भ खेर जाँदा आफू डिप्रेसनको शिकार बनेको र होस गुमेको बेलामा बच्चा घरमा लिएर गएको बयान दिएकी थिईन् । उनलाई एक लाख ५० हजार धरौटीमा छाड्ने आदेश भएको हो ।