Logo

सुन तस्करी प्रकरण: माओवादी उपाध्यक्ष महरा पक्राउ



काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई भैरहवाबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणमा जोडिएका महरालाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले आइतबार प्रहरीलाई निर्देशन दिएका थिए ।

महरालाई भैरहवा बिमानस्थलबाट यतिएयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै छ । पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले बुधबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । महराका छोरा राहुल यसै प्रहरणमा गत भदौ देखिनै थुनामा रहेका छन् ।

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो।



प्रतिक्रिया दिनुहोस्