Logo

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाएकोमा कांग्रेस सांसद्को आपत्ति



काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व फेरिएकोप्रति आपत्ति जनाएका छन् ।

सरकारले सुन जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरेपछि उनलाई हटाएर शुक्रबार अर्का एआईजी श्यामलाल ज्ञवालीलाई प्रमुखमा ल्याएको थियो । उनलाई सीआईबीको जिम्मा दिएको भन्दै सांसद शाहले आपत्रि जनाएका हुन् ।

‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ,’ सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने ।



प्रतिक्रिया दिनुहोस्