Logo

राष्ट्रिय सभामा निर्विरोध निर्वाचित २ समितिका सभापतिले लिए शपथ



काठमाडौं,५ चैत । राष्ट्रिय सभाका २ समिति सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज निर्विारोध निर्वाचित भएका राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमलादेवी पन्त र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति निर्वाचित सोनाम ग्याल्जेङ शेर्पाले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

पन्त नेपाली कांग्रेस र शेर्पा नेकपा एमालेका सांसद हुन् । उनीहरुले शुक्रबार एकल रुपमा मनोनयन दर्ता गरेका थिए । दुई समितिको सभापतिमा एकमात्रै उम्मेद्वारी परेपछि शेर्पा र पन्त निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि सोमबार नै बसेको दुईवटा समिति बैठकले उनीहरुलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

तस्बिर/ मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्