Logo

मधेशमा एमालेबाट सरोज यादव मन्त्री नियुक्त, कांग्रेसका मन्त्री बर्खास्त



काठमाडौं,५ चैत । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा एमाले सहभागी भएको हो ।

एमालेका सरोज यादव भौतिक पूर्वाधार मन्त्री बनेका छन्।

मुख्यमन्त्री सरोज कुमार यादवले उनलाई भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव भौतिक मन्त्री थिए।

मधेश सरकारमा एमालेले भौतिक पुर्वाधार तथा विकास मन्त्रालय, गृह, संचार तथा कानुन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा तथा सांस्कृतिक मन्त्रालय दिने सहमति भएको छ ।

विगतमा कांग्रेसले नेतृत्व गरेका तीनवटा मन्त्रालय र जनमतले नेतृत्व गरेको शिक्षा तथा साँस्कृतिक मन्त्रालय एमालेलाई दिने सहमति भएको हो ।

एमालेबाट मन्त्री बन्ने अरुको नाम नटुंगिएपछि सरोज यादवले मन्त्रीको शपथ लिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot