Logo

म्याद थपको अनुमतीसँगै महरालाई सीआईबी लगियो (फोटोफिचर)



काठमाडौं, ५ फागुन । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

आज (सोमबार) कपिलवस्तुबाट पक्राउ परेका महरालाई आज नै यती एयरलाईन्सको नियमित उडानमार्फत काठमाडौं ल्याइएको थियो । उनलाई थप अनुसन्धानका लागि सात दिनको समय मागसहित सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।

सरकारी वकिलको कार्यालयले सात दिनको समय मागे पनि अदालतले भने ४ दिन थुनामा राख्न अनुमती दिएको हो । म्याद थपको अनुमतीसँगै महरालाई सीआईबी (लैनचौर) लगिएको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्