Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा चार दिन अस्पतालमै बस्ने



काठमाडौं, ५ फागुन । सुन तस्करी प्रकरणमा आज पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई अदालतले ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ । यो सँगै महराले अदालतमा आफू विरामी रहेको र अस्पताल जान पाउनुपर्ने माग राखेका थिए ।

सो क्रममा अदालतले उनको अवस्था हेरेर अस्पतालमा बस्न दिन आदेश दिएको थियो । उनलाई अहिले सीआईबीको कार्यालयमा लगिएको छ । महरालाई कुन अस्पताल भर्ना हुने भन्नेबारे टुंगो लागिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस्