Logo

रवि लामिछानेको बचाउमा खरो उत्रिए प्रचण्ड, सहकारी ठगी पुष्टि गर्ने कुनै प्रमाण नरहेको दाबी



काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको पुष्टि गर्ने कुनै प्रमाण नै फेला नपरेको बताएका छन् । आज ९मंगलबार० प्रतिनिधि सभाको बैठकमा सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्री सूर्यदर्शन सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति र कर्मचारी लगायत कुनै पदमा पनि नरहेको र जाहेरी दिनेहरुले पनि उनी दोषी हुन भनेर पुष्टि गर्ने कुनै प्रमाण पेश गर्न नसकेको बताएका हुन् ।

‘हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति र ऋण समिति, कर्मचारीलगायत कुनै भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन । सूर्यदर्शन बचतकर्ताले १ हजार भन्दा बढीले आफ्नो रमक हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन,’– उनले भने ।

सहकारीको रकम हिनामिनामा संलग्न १९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको उनले बताए । मूल उजुरी परेको ६ महिनापछि पुरक जाहेरी दिएर लामिछानेलाई जोडिएको उनले बताए । उक्त जाहेरीमा लामिछाने सहकारी हिनामिनामा जोडिएको पुष्टि गर्ने कुनै प्रमाण नरहेको उनको दाबी छ । लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्र्छौट भएको देखिएको समेत उनले बताए ।



प्रतिक्रिया दिनुहोस्