Logo

प्रचण्डलाई पूरै अवधि प्रधानमन्त्री बनाउँदा उपयुक्त हुन्छः झलनाथ खनाल (भिडिओसहित)



काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूरै अवधि सरकारको नेतृत्व गर्नु उपयुक्त हुने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताको पक्षमा काम भइरहेको अवस्थामा प्रधानमन्त्री फेरिरहने कार्य उपयुक्त नहुने बताएका हुन् ।

सरकारमा सहभागी दलहरुले मन्त्री र प्रधानमन्त्री फेर्ने भन्दा पनि नीति, कार्यक्रम, योजना र कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाउने सहमती भयो भनेर केपी शर्मा ओलीले घोषणा गर्नुभएको छ । त्यसमा तपाईँको विमती छ कि छैन ?’भन्ने प्रश्नको जवाफ दिँदै उनले भने- ‘प्रधानमन्त्री फेरिरहने, सरकार फेरिरहने, मन्त्री फेरिरहने प्रक्रियालाई हामीले अन्त्य गर्नुपर्छ । समझदारीका साथमा हामी जानुपर्छ । सबैभन्दा पहिला ध्यान नीति, कार्यक्रम, योजना र कार्यान्वयनमा दिनुपर्छ । जनताको लागि हित हुने काम भइरहेको छ भने हामीले सरकारलाई किन अस्थिर बनाउने ? सरकारलाई अस्थिर बनाइरहनु जरुरी छैन ।’



प्रतिक्रिया दिनुहोस्