Logo

राजीनामा माग्दै कांग्रेसले भन्यो: रवि लामिछाने स्वर्गबाट आएका हुन् ?



काठमाडौं,७ चैत । नेपाली कांग्रेसले सहकारी प्रकरणमा उजुरी परेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसकी सांसद तथा पूर्व सचेतक इश्वरीदेवी न्यौपानेले लामिछानेलाई पदमुक्त गरी सत्यतथ्य छानबिन गर्न माग गरिन् ।

कांग्रेसले सहकारी प्रकरणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग दोहोर्‍याएको छ। सांसद न्यौपानेले सदनको अर्को बैठकसम्म छानबिन समिति नबने सदनको बैठक नचल्ने प्रष्ट पारिन् । उनले मंगलबारको बैठकपछि गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्षनै सदन अवरुद्ध गरोस्भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाईन् ।

उनले भनिन् ‘कसरी चल्छ सत्ता ? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्‍यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ’।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्