Logo

संसद्मा सांसद बमलपाकीले लिखित भाषण पढ्न नजानेपछि…



काठमाडौं,७ चैत । प्रतिनिधि सभा बैठक जारी रहेको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा शून्य समयमा सांसदहरुले आ-आफ्नो धारणा राखिरहेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दा नेकपा एमालेकी सांसद रणकुमारी बलमपाकी भने आफैले लेखेर ल्याएको लिखित भाषण पढ्न नजान्दा हासोको पात्र बनेकी छन् । सभामुख देवराज घिमिरेले एमाले सांसद रघुजी पन्तले बोलेपछि सांसद बलमपाकीलाई बोल्न समय दिएका थिए ।

सभामुखले समय दिएपछि बोलेकी बलमपाकीले देशमा दिनानुदिन बढ्दै गएको लैङ्गिक विदेभ, महिला हिंसा र सामाजिक विभेदकोबारेमा बोल्न खोजिरहेकी थिईन् ।

“नेपालमा प्रतिवर्ष २१ हजारभन्दा बढी महिला घरेलु हिंसाबाट पीडित हुने तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक तीनजना महिलामा एक महिला प्रत्येक दिन आफ्नै नातेदार वा साथीहरुबाट हिंसाको शिकार भइरहेका छन्,” उनले भनिन्, “सामाजिक अपराध साइवर क्राइम घटनाको तथ्यांक डरलाग्दो र चिन्ताजनक छन् ।”

उनले अपराधी पहुँचको आधारमा छुट्ने भन्दै थपिन्, “धेरै अपराधी पहुँच र भनसुनको आधारमा… सरी,” भन्दै बसिन् । बलमपाकीले बिचमै बोल्न छाडेपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीलाई बोल्न समय दिए ।



प्रतिक्रिया दिनुहोस्