Logo

कांग्रेस सांसद जबराले ‘आफैं धामी आफैं बोक्सी’ भनेपछि एमाले सांसदको आपत्ति



काठमाडौं,७ चैत । नेपाली कांग्रेसका सांसद उदय शमसेर जबराले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको एक शव्दप्रति आपत्ति जनाउँदै सत्तारुढ दल नेकपा एमालेले सदनको रेकर्डबाट हटाउन माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्नै सांसद जबराले सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै आफैं धामी आफैं बोक्सीले कसरी पीडितलाई न्याय दिन्छ भन्दै प्रश्न गरेका थिए ।

‘अहिले झाँक्री पनि त्यही, बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही र छानविन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले यो संसद्बाटै छानविन गर्न जरुरी छ,’– उनले भनेका थिए ।

यो उखान लैगिंकताको दृष्टिले उचित नरहेको भन्दै एमालेकी सांसद प्रतीक्षा तिवारीले नियमापत्ति गरेकी छन् । महिलालाई अपमानित गर्ने शब्द प्रयोग भएको भन्दै उनले संसदीय अभिलेखबाट हटाउन माग गरेकी छन् ।

एमाले सांसद तिवारीले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेल आफ्नो ध्यानाकर्षण भएको बताए । तर, रेकर्डबाट हटाउनेबारेमा भने केही पनि भनेनन् ।



प्रतिक्रिया दिनुहोस्