Logo

इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसबाट ७ जनाको नाम सिफारिस



काठमाडौं । आगामी वैशाख १५ गते हुने उपचुनावका लागि नेपाली कांग्रेस इलामले ७ जनाको नाम सिफारिस गरेको छ । कांग्रेसले आकांक्षीहरु सबैलाई समेटेर नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका
छन् ।

उक्त नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकांक्षीको नाम केन्द्रमा पठाउनेछ ।

उम्मेदवार सिफारिस हुने आचार्य कांग्रेस महासमिति सदस्य हुन् भने खड्का गत निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए । पूर्व राज्यमन्त्री समेत रहेका थापा पनि दोस्रो संविधान सभा निर्वाचनमा नेम्वाङसँगै पराजित भएका थिए ।

इलाम २ बाट निर्वाचित पूर्व सभामुख नेम्वाङको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस्