Logo

दुर्गा प्रसाईका बडीगार्ड पक्राउबारे तीन दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश



काठमाडौं । सोमबार सर्वोच्च अदालत परिसरबाट हतियारसहित पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडीगार्डलाई थुनामुक्त गर्न माग गर्दै दायर भएको बन्दी प्रत्येक्षीकरणको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

सोमबार हतियारसहित पक्राउ परेका दिपक खड्काको हकमा श्रीमती शान्ता खड्काले दायर गरेको रिटमा न्यायाधीश महेश शर्मा पौड्याल र रामकुमार धिमालको हकमा रिया राजवंशी धिमालले दायर गरेको रिटमा अर्की न्यायाधीश शारंगा सुवेदीको छुट्टाछुट्टै इजलासले ३ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको हो ।

सोमबार सर्वोच्च अदालत परिसरबाट जर्मनीमा निर्मित अत्याधुनिक लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका ती दुईजना बडिगार्डलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको थियो।



प्रतिक्रिया दिनुहोस्