Logo

‘कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर मोहनविक्रम सिंह छाती पिटीपिटी रोएर उधुम छ’



काठमाडौं,७ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई नम्र बन्न र विनम्रता देखाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्धारा आयोजि बृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अ‍ोलीले सो निर्देशन दिएका हुन् ।

‘विनम्रता प्रदर्शन गर्नुस् । उग्र बन्ने काम छैन् । हरेक दिन तपाईसँग नोट हुनुपर्छ । आज मैले के काम गरेँ भनेर जान्नुपर्छ’ ओलीले भने । ‘ मैले हाम्रो कार्यकर्ताहरुमा उग्रता बढ्दै गएको देखेको छु अब त्यसरी हुँदैन । सबै जनाले आफ्नो कार्यशैली बदल्नुपर्छ’ ।

सत्ता घटकको सबैभन्दा ठूलो पार्टी एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने बताए । ओलीले अर्को निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत उल्ट्याउनुपर्ने बताए । गत वर्षको आम निर्वाचनमा संघीय निर्वाचनतर्फ १० निर्वाचन क्षेत्र रहेको काठमाडौंबाट मुस्किलले एमालेले १ क्षेत्र जितेको थियो । सोतर्फ असन्तुष्टि जनाउँदै ओलीले भने ‘एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ । यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ । सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर भएका छौं । यी पक्षमा गम्भिरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ ।’

ओलीले नेपाली कांग्रेस सत्ताबाट बाहिर रहेकोमा कांग्रेसलाई भन्दा धेरै चिन्ता नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई भएको टिप्पणी गरेका छन् । ‘‘एक जना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन् । मोहनविक्रम सिंह नाम हो उहाँको । अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ बुढाको ।’ सिंह अहिले पनि कांग्रेस आएको भए आफ्नी श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यो भनेर सम्झिँदै ग्वाग्वा रोहिरहेको बताए । ‘त्यसरी पनि पतन हुँदो रहेछ मान्छे । निराश, हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ’, ओलीले भने ।

पूरानो सत्ता गठबन्धनमा सिंहकी कान्छी श्रीमती तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौड्याललाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरेर राष्ट्रिय सभामा लैजाने सहमति भएको थियो । गत निर्वाचनमा प्यूठानबाट एमालेका युवा नेता सूर्य थापासँग भारी मतले पराजित पौडेललाई राष्ट्रिय सभामा लैजाने मसालको योजना फागुन २१ मा बदलिएको सत्ता समीकरणले तुहाएको थियो ।

पौडेल राष्ट्रिय सभामा नजाने निश्चित भएपछि जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बसेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot