Logo

गृहमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएः पूर्व अर्थमन्त्री महत



काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् । आज (बुधबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गृहमन्त्री लामिछानेले कांग्रेसले चारै वर्ष संसद् अवरोध गरे पनि केही फरक पर्दैन भन्दै गैरजिम्मेवार बनेको बताएका हुन् ।

गृहमन्त्री लामिछाने सहकारी घोटला प्रकरणमा मुछिएको भन्दै कांग्रेसले उनको राजीनामा माग गरेको थियो । आफ्नो राजीनामा माग भएपछि उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया जनाउँदै चारै वर्ष संसद् अवरुद्ध भएपनि केही फरक नपर्ने बताएका थिए ।

नेता महतले आफूहरुको माग उचित रहेको बताए । आरोप लागेको मान्छे नै छानविन गर्ने निकायको प्रमुख भएपछि निश्पक्ष छानविन हुनै नसक्ने उनको दाबी छ । गृहमन्त्री लामिछाने नै प्रमुख भएपछि प्रहरीले उनीमाथि लागेको आरोपको निश्पक्ष छानविन गर्न नसक्ने भएकाले संसदीय समिति बनाएको उक्त प्रकरण छानविन हुनुपर्ने उनको भनाइ छ ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहमन्त्री लामिछानेमाथि लागेको आरोपमा बचाउ गर्नुले झनै आशंका उब्जिएको उनको भनाइ छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot