Logo

एकीकृत समाजवादीले मनाङ्गेलाई स्पष्टीकरण सोध्ने



काठमाडौं, ७ चैत । नेकपा (एकीकृत समाजवादी) ले राजीव गुरुङ (दीपक मनाङ्गे) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएर समाजवादी प्रवेश गरेका र फेरि पार्टी परित्याग गरेका मनाङ्गेलाई स्पष्टीकरण सोध्ने निर्णय गरको हो ।

केही दिनअघि मनाङ्गेले एकीकृत समाजवादी छाडेका हुन् । दल परित्याग गरेर उनी अहिले कांग्रेस नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका छन् ।

‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश गरेकाले हाम्रोतर्फबाट मन्त्री पनि बन्नुभयो । तर अहिले कुनै छलफल नै नगरी उहाँ समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न जानुभयो । उहाँलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिएका छौं,’– सचिव जीवनराम श्रेष्ठले भने ।



प्रतिक्रिया दिनुहोस्