Logo

प्रचण्डले जनयुद्धको सपना तुहाएको आरोप लगाउँदै केन्द्रीय सदस्य शर्माले त्यागे माओवादी



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी परित्यागको घोषणा गरेका छन् ।

१० वर्षलामो जनयुद्धको नेतृत्व गरेको पार्टीका पदाधिकारी तहका नेताहरु धमाधम भ्रष्टाचारका काण्डमा मुछिन थालेको भन्दै उनले पार्टीबाट राजीनामा दिएको जनाएका छन् ।

जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जनादेशविपरीत पटक-पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको भन्दै माओवादीमा बसिरहन नैतिकताले नदिएको उनले बताएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड सरकारको नेतृत्वमा छन् । तर शर्माले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको काममा असन्तुष्टी जनाउँदै पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समिक्षा गर्दा आकाश पताल को फरक पाएको अनुभुति हुन्छ!’

‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भैरहेको कामको समीक्षा गर्दा आकाश पातालको फरक पाएको अनुभूति हुन्छ’ उनले भनेका छन् ‘महान जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्मग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान जनयुद्धलाई नै कलंकित गर्ने काम भैरहेको महसुस गरेको छु । माओवादी पार्टी गुटै गुटको महासंघमा रूपान्तरण हुनु, १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेशिवपरीत सरकारमा रहनकै लागि पटक(पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरताको अध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन’ ।



प्रतिक्रिया दिनुहोस्