Logo

सीआईबीमा बयान दिएपछि विनोद चौधरी (तस्बिरहरु)



काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई पनि बुझाउनु नपर्ने प्रतिक्रिया दिएका छन् ।

बाँसबारी जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएर सरकारी वकिल कार्यालयबाट निस्कँदै गर्दा चौधरीले उक्त प्रतिक्रिया दिएका हुन् ।

सरकारी जग्गा हिनामिना गरेको आशङ्कामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो । उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको हो । तस्बिर: मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल 



प्रतिक्रिया दिनुहोस्