Logo

चूडामणि पौडेल सचिवमा बढुवा



काठमाडौं,८ चैत । सरकारले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई सचिवमा बढुवा गेर्न निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

पौडेल कर्णाली प्रदेशका कायम मुकायम मुख्यसचिवको जिम्मेवारीमा छन् ।

यस्तै, नेपाल र गणतन्त्र कोरियाबीच सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा सात कोरियाली र १० नेपाली पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाह गर्ने निर्णय गरिएको उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्