Logo

३ नेपाली र ७ कोरियालीलाई जुगल हिमाल आरोहणमामा दस्तुर नलाग्ने



काठमाडौं । सरकारले सात कोरियाली र तीन जना नेपाली पर्वतारोहीलाई जुगल हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ।

बिहीबारको मन्त्रिपरिषद बैठकले सँस्कृति पर्यटन मन्त्रालयको प्रस्तावमा नेपालका ३ जना र कोरियाका ७ जना गरी १० जनालाई सिन्धुपाल्चोकस्थित जुगल १ र जुगल २ हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा कोरिया र नेपालका आरोहीले हिमाल आरोहण गर्न लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्