Logo

‘महाजात्रा’लाई शुभकामना दिँदै ओलीले भने: समय मिले म पनि हेर्छु



काठमाडौं,९ चैत । फ्राइडे रिलिजअन्तर्गत आजबाट नेपाली कथानक चलचित्र ‘महाजात्रा’ रिलिज भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र आजबाट देश भरका हलमा रिलिज भएको हो । आजबाट देशभर प्रदर्शनमा आएको महाजात्रालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना दिएका छन् ।

चलचित्रका कलाकारमध्येका एक हरिवंश आचार्यको प्रशंसा गर्दै ओलीले भनेका छन् ‘हरिवंश आचार्य मलाई मन पर्ने कलाकार हुनुहुन्छ । आजदेखि उहाँको महाजात्रा चलचित्रको प्रदर्शन सुरु हुने रैछ । अघि सामाजिक सञ्जालमा पोस्टर हेरेँ । यो फिल्ममा पछिल्लो पटक धेरैले प्रशंसा गरेका डाइरेक्टर प्रदीप भट्टराईको कला र अत्यन्तै राम्रो अभिनय भएका अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल र अभिनेत्री वर्षा राउतको अभिनय एकै पटक हेर्न पाइने रहेछ । समय मिलेमा म पनि हेर्छु’, ।

सिनेमाले ३४२ भन्दा धेरै शो पाएको छ । आजै नेपाली बसोबास गर्ने विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ ।

आकस्मिक रूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो । चलचित्रमा विपीन कार्की, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्यलगायत कलाकार मुख्य भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot