Logo

ओली र विप्लवबीच भेटवार्ता भएलगत्तै समाजवादी मोर्चाको बैठक बालुवाटारमा



काठमाडौं,९ चैत । ४ कम्युनिष्ट घटकहरु मिलेर बनेको समाजवादी मोर्चाको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे हुनेछ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए ।

समाजवादी गठबन्धनका संयोजकसमेत रहेका विप्लवले यो विषयमा पनि ओलीसँग छलफल गरेको बताइएको छ । भेटमा नेकपाका प्रवक्ता प्रकाण्ड पनि सहभागी थिए ।

विप्लव पछिल्लो समय समाजवादी मोर्चामा नेकपा एमालेलाई पनि ल्याउनुपर्ने पक्षमा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot