Logo

म्याद थपका लागि महरालाई अदालतमा लगिँदै



काठमाडौं,९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई आज अदालतमा लगिँदैछ । म्याद थपको अनुमति लिनका लागि महरालाई अदालतमा लान लागिएको हो ।

गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो

यसबीच सीआईबीले बुधबार र बिहीबार गरी दुईपटक महरासँग बयान लिइसकेको छ। सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।

गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको पनि नाम जोडिएको छ। सो प्रकरणमा महरालाई यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएको हो। सुन तस्करी प्रकरणमै महराका छोरा राहुल गत भदौंदेखि थुनामा रहेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot