Logo

गृहमन्त्री लामिछानेलक्षित लिङ्देनको टिप्पणी: म भएको भए पद छोडिसक्थेँ



काठमाडौं,९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वार्थ बाँझिने मन्त्रालयको नेतृत्व गरेको भन्दै रास्वपाका सभापति रवि लामिछानेको आलोचना गरेका छन् ।

चैत २९ गतेपछि देशचर जनप्रदर्शन गर्न लागेको राप्रपाले माहोल बनाउन भन्दै मधेशमा यात्रा गरिरहेको छ । मधेश झरेका लिङ्देनले शुक्रबार बिहान सप्तरीमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले लामिछानेले छानबिनका लागि तत्कालका लागि पद छाड्नुपर्ने आसय राखे ।

लिङ्देनले भने सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्छ । म भएको भए पद छोडिसक्थेँ ।’

लामिछाने सहकारी ठगीको मुद्दामा जोडिएका छन् । उपप्रधान सहित गृहमन्त्रीको आसनमा रहेका उनले राजीनामा दिनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot