Logo

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानीमा रिहा



काठमाडौं, ९ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।

आज (शुक्रबार) जिल्ला सरकारी वकिलको कार्यालयको सहमतीमा प्रहरीको केन्द्रीय अनसन्धान व्यूरो (सिआईबी) ले उनलाई हाजिरी जमानीमा छाडेको हो ।

महरालाई उनका छोरा एटमको जिम्मा लगाएर सीआईबीले छाडेको छ । महराको स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिरी जमानीमा छाडिएको बताइएको छ ।

महराले दैनिक ८ प्रकारका औषधि सेवन गर्ने गरेको बताइएको छ । उनी टिबी, युरिक एसिड, प्रोस्टेटलगायतका रोगबाट ग्रसित छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot