Logo

समाजवादी मोर्चाको निर्णयलगत्तै ओलीले डाके सचिवालय बैठक



काठमाडौं,९ चैत । नेकपा एमालेको सचिवालय बैठक आह्वान भएको छ । पार्टी मुख्यालय च्यासलमा आइतबार बस्नेगरी बैठक आह्वान भएको एमालेले जनाएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ।

मोर्चाले एमालेलाई समेट्ने र त्यसको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो । मोर्चाको बैकलगत्तै ओलीले सचिवालय बैठक डाकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot