Logo

सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर रजकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । सप्तरीस्थित सामाजिक विकास इकाई कार्यालय राजविराजका सव-इन्जिनियर अजय कुमार साफी भन्ने अजय रजकविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

भवन निर्माण सम्बन्धी खाता फुकुवा गर्नका लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले रजकको साथबाट १५ हजार नगद र ५५ हजारको चेक नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा रजकले भवन निर्माण सम्बन्धी खाता रोक्का फुकुवा गर्नुपर्नेमा खाता फुकुवा नगरीरनगराई खाता रोक्का फुकुवा गर्ने प्रयोजनका लागि घुस-रिसवत माग गरी नगद पन्ध्र हजार रुपैयाँ र चेक रकम ५५ हजारसमेत गरी जम्मा ७० हजार घुसलिएको पुष्टि भएकाले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot