काठमाडौं,९ चैत । सरकराले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । केशव निरोैलाको अध्यक्षतामा गठित आयोग मन्त्रिपरिषद् बैठकले खारेज गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् ।
सत्ता समीकरण फेरिएसँगै अब नेकपा एमालेको नेतृत्वमा नयाँ आयोग बनाउन सरकारले पुरानो आयोग विघटन गरेको हो । निवर्तमान अध्यक्ष निरौला नेपाली कांग्रेसको कोटाबाट अध्यक्ष बनेका थिए । अब एमालेले यसअघि अध्यक्ष बनेका देवी ज्ञवालीलाई नै पुन अध्यक्ष बनाउने चर्चा छ ।
त्यस्तै बिहीबारकै मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका कामु मुख्यसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने पनि निर्णय गरेको शर्माले जानकारी दिईन् ।
मन्त्रिपरिषद्ले चैत ११ गतेदेखि १९ गतेसम्म हुने उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको साताव्यापी चीन भ्रमणलाई अनुमति दिएको छ।
यी हुन बिहीबारको बैठकका १६ निर्णय