Logo

श्रीमतीकै योजनामा रामबहादुर तामाङको हत्या, ४ जना पक्राउ



काठमाडौं, ९ चैत । सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका– ३ गुम्बा बोल्दे स्थायी ठेगाना भएका रामबहादुर तामाङको हत्यामा उनकी श्रीमतीकै संलग्नता खुलेको छ । कास्की प्रहरीले आज (शनिबार) उक्त हत्या प्रकरणमा उनकी श्रीमती कान्छी लामा तामाङसहित चार जनालाई सार्वजनिक गरेको हो ।

गत चैत ३ गते रामबहादुर तामाङको शव कास्कीको मादी गाउँपालिका– १ सिक्लेस तउरेती नजिक हाइड्रोपावर जाने कच्ची सडक खण्डबाट अन्दाजी २५ मिटर तल पाखामा फेला परेको थियो ।

प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अनुसन्धान टोलीले प्राप्त सबुद प्रमाण, प्राविधिक विश्लेषण र सीसीटिभी फुटेज लगायतको सुक्ष्म रूपमा अनुसन्धान गरी घटनामा संलग्नहरुलाई पक्राउ गरेको थियो ।

घटनामा उनकै श्रीमती कान्छी लामा, सिन्धुपाल्चोक साँगाचोकगडी– १ का धन बहादुर लामा भन्ने धन लामा र जिल्ला सिन्धुपाल्चोक बलेफी गाउँपालिका– ६ का १८ वर्षका २ जना व्यक्तिको संलग्नता पुष्टि भएको प्रहरीले जनाएको छ ।

उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ । श्रीमतीकै योजनामा रामबहादुरको हत्या भएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्