Logo

रञ्जितालाई प्रचण्डको प्रस्ताव ‘सरकारमा सहभागी हुनुस्, मन्त्री बन्नुस्’



काठमाडौं, १० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् । आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेकी श्रेष्ठलाई प्रधानमन्त्री प्रचण्डले केन्द्रीय सरकारमा सहभागी भएर प्रदेश सरकारसम्मै सहकार्यका लागि प्रस्ताव गरेका हुन् ।

नाउपाले सरकारलाई विश्वासको मत दिएको थियो । नाउपालाई एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डको तयारी रहेको स्रोतले बताएको छ ।

नाउपा अध्यक्ष श्रेष्ठ सरकारमा सहभागी हुन सकारात्मक रहेको बालुवाटार स्रोतले बतायो । कांग्रेस–माओवादीसहितको गठबन्धन सरकारमा पनि नाउपा सहभागी थियो । उक्त सरकारमा अध्यक्ष श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेकी थिईन् ।

संरक्षक रेशम चौधरी र अध्यक्ष श्रेष्ठबीचको द्वन्द्वका कारण सरकारमा नाउपा वर्तमान सरकारमा सहभागी हुन सकिरहेको छैन । रेशम वर्तमान सरकारमा सहभागी हुन नहुने पक्षमा थिए । रञ्जिताले रेमशको चाहनाविपरीत सरकारलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरिन् । रेमश र रञ्जिता श्रीमान/श्रीमती हुन् ।

स्रोतका अनुसार नाउपालाई सरकारमा ल्याएर सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व दिने तयारी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्