Logo

आजपाद्वारा गोपाल साहको संयोजकत्वमा आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन



काठमाडौं, १० फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले गोपाल साहको संयोजकत्वमा आम ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशन गठन गरेको छ । आज (शनिबार) ईन्जीनियर साहको संयोजकत्वमा ५१ सदस्यीय एसोसिएशन गठन भएको हो ।

ईन्जीनियरहरुको पेशागत हक अधिकारको प्राप्ति, रक्षा एवं विकासका लागि एसोसिएशन गठन भएको आजपाले बताएको छ । आजपा अध्यक्ष साहले नव गठित ईन्जीनियर्स एण्ड टेक्निकल एसोसिएशनका पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

एसोसिएशनका पदाधिकारीहरु



प्रतिक्रिया दिनुहोस्