Logo

उपनिर्वाचनः बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय



काठमाडौं, ११ चैत । नेकपा (एमाले) ले बझाङ–१ (क) मा हुने उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज (आइतबार) बसेको एमाले सचिवालय बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गत २०७९ को आम निर्वाचनमा बझाङ १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएको थिए । बझाङ र इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

एमालेले इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । सुहाङ स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्