Logo

राज्यको सम्पूर्ण शक्ति लगाएर भएपनि जिबी राईलाई पक्राउ गर्छौंः गृहमन्त्री लामिछाने



काठमाडौं, ११ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जिबी राई छिट्टै पक्राउ पर्ने बताएका छन् । आज (आइतबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले उनले जिबी राईलाई पक्राउ गर्न राज्यको सम्पूर्ण शक्ति लगाएर काम भइरहेको बताए । ‘यसभन्दा अगाडि के भयो, कसो भयो थाहा छैन । हाम्रोतर्फबाट सम्पूर्ण शक्ति लगाउँछौं,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोषी नउम्कियोस् र निदोर्ष नफसोस् भनेर स्पष्ट निर्देशन दिएको उनले बताए । उनले आफूलाई कसैलाई फसाउन र बचाउन पर्ने नरहेको बताए ।

साथै, सहकारी पीडितहरुको पैसा व्याजसहित फिर्ता गराएरै छाड्ने उनले प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्