Logo

परिवारवादले बन्धक बनेको एमाले



काठमाडौं,१२ चैत । नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले वैशाख १५ गते हुने उपचुनावको लागि इलाम २ मा अधिवक्ता सुहाङ नेम्वाङ र बझाङ प्रदेश सभा (ख) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

०७९ को आम निर्वाचनमा इलामबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका पृथ्वीबहादुर सिंहको असार ५ गते सडक दुर्घटनामा निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

०५६ सालदेखि लगातार ५ पटक इलामबाट निर्वाचित हुँदै आएका नेम्वाङको निधन भएपछि एमालेले उनकै कान्छा छोरा सुहाङलाई अघि सारेको हो । कानुन व्यवसायीसमेत रहेका सुहाङ बावुको निधनपछि मात्र एमालेको सक्रिय राजनीतिमा लागेका हुन् । प्रजातन्त्रको पुर्नस्थापनामपछि भएका जुनसुकै उपचुनावमा एमालेले परिवारभित्रकै व्यक्तिलाई उम्मेदवार बनाउँदै आएको छ ।

उपचुनावमा आफ्नै परिवारका व्यक्तिलाई उम्मेदवार बनाएको आरोप ०५० सालदेखि खेप्दै आएको एमालेले ३० वर्षपछि ०८० सालमा पनि भोग्दै । एमालेले उपनिर्वाचनमा सुहाङलाई मात्र नभएर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि उम्मेदवार बनाएर मैदान उतारेको थियो ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी ०४८ सालको निर्वाचनमा काठमाडौं ५ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारी मतले हराउँदै संसद्मा निर्वाचित भएका थिए । एमालेले मार्गदर्शनको रुपमा लिँदै आएको जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी संसद्मा करिब २ वर्षमात्रै रहँन पाए । ०५० सालको जेठ ३ गते रहस्यमय रुपमा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर भण्डारीको निधन भयो ।

बाहलवाला प्रधानमन्त्रीलाई नै हराएर संसद्मा निर्वाचित भएका भण्डारीको निधन भएपछि सोही वर्षको माघमा उपचुनाव भयो । उपचुनावमा एमालेले उनै भण्डारीकी श्रीमती विद्यादेवी भण्डारीलाई मैदानमा उतार्यो । मदनले जस्तै विद्याले पनि भट्टराईलाई भारी मतले पराजित गरि संसद्मा पुगिन् । उपचुनावमार्फत संसद्मा प्रवेश गरेकी भण्डारी संसदीय निर्वाचनमा लगातार ३ पटक प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै नेपालकै पहिलो महिला रक्षामन्त्री हुँदै कालान्तरमा मुलुककै पहिलो महिला राष्ट्रपतिको कुर्सीमा आसिन भईन् । झण्डै ८ वर्ष ।

विद्या भण्डारीजस्तै उपचुनावबाट संसद्मा पुग्ने अर्की एमाले नेतृ हुन् कमला शर्मा । पहिलो संविधान सभा निर्वाचनमा सुर्खेत १ का उम्मेदवार रहेका ऋषि ऋषि शर्माको चुनाव प्रचारकै क्रममा भेरीगंगा नगरपालिकाको मैनतडामा हत्या भयो । निर्वाचनको मुखैमा शर्माको हत्या भएपछि तोकिएकै समयमा सुर्खेत १ मा निर्वाचन भएन् ।

०६५ वैशाख ७ गते भएको उपचुनावमा स्वर्गिय शर्माकै श्रीमती कमलालाई एमालेले मैदानमा पठायो । प्रतिद्वन्द्वी कांग्रेस नेता लालबहादुर घलेलाई पराजित गरिन् । शर्मा तीनै एमाले नेतृ हुन् जसले संविधान सभाको पहिलो बैठकस्थलमै आफ्नो पतिको हत्या गर्ने भन्दै नेपाली कांग्रेसका तत्कालीन महामन्त्री एवं हालका उपसभापति पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काएकी थिइन् । यद्यपि शर्माको हत्या उनकै पीएसओले गरेको अदालतले ठहर गरेको थियो ।

०७४ साल मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट तेस्रो पटक निर्वाचित भएका एमालेका युवा नेता रवीन्द्र अधिकारी केपी शर्मा ओली नेतृत्वमो सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका थिए । विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी कास्कीका जनतामाझ अत्यन्तै लोकप्रिय मानिन्थे । तर, मन्त्री रहेकै अवस्थामा ०७५ सालको फाग्न १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उनको निधन भयो । मन्त्री अधिकारीको निधनपछि ०७६ मंसिरमा भएको उपनिर्वाचनमा एमोलले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । उपनिर्वाचनमार्फत विद्या पनि शानदार मतसहित संसद्मा पुगिन् । उनी हालपनि दोस्रो चोटी प्रतिनिधि सभामा सांसद छिन् ।

०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ ३ को (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको ०७५ फागुमा १० गते सडक दुर्घटनामा निधन भयो । उत्तरको निधनपछि रिक्त प्रदेश सभामा एमालेले उनकै पत्नी विमला खत्री ओलीलाई उम्मेदवार बनायो । उनले पनि चुनाव जितिन् । उपनिर्वाचनबाट उम्मेदवार बनेर प्रदेश सभामा पुगेकी खत्रीले आफ्नै पार्टीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार ढालेर माओवादीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलिन् ।

एमालेका महासचिवसमेत रहेका लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलकै जोडबलमा उपचुनावको टिकट हात पारेकी विमलाले पछि उनै पोखरेललाई सत्ताबाट पदच्युत गराउन निर्णायक भूमिका खेलिन । एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेर केही महिना राज्यमन्त्री बनेकी उनी हाल माओवादीमा पनि छैनन् । उनी राजनीतिमा गुमनामजस्तै छिन् ।

त्यसोत निर्वाचित सांसद्को पदावधि नसकिँदै निधन भएमा उनकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने परिपाटी एमालेले मात्र नभएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि देखिन्छ । दोस्रो संविधान सभा सदस्य रहेका हरि खड्काको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले पनि खड्का पत्नी चम्पादेवीलाई उम्मेदवार बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot