Logo

सरकार र एकीकृत समाजवादीबीच समन्वय गर्ने जिम्मा राजेन्द्र पाण्डेलाई



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार र पार्टीबीच समन्वय गर्न उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा ५ सदस्यीय संयन्त्र गठन गरेको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्र्णय गरेको हो ।

केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गठन गरेको संयन्त्रमा उपमहासचिव प्रकाश ज्वाला, सचिव जीवनराम श्रेष्ठ, मन्त्रीद्वय भानुभक्त जोशी र धनबहादुर बुढालाई सदस्यको जिम्मेवारी तोकेको छ ।

महाधिवेशनका लागि राजनीति तथा सुरक्षा समन्वय कमिटी थप गर्ने निर्णय गरेको सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नामावली तय गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot