Logo

उपनिर्वाचनः इलाम-२ मा के गर्ला माओवादी ?



काठमाडौं, १२ चैत । इलाम– २ र बझाङ– १ (क) मा आगामी वैशाख १८ गते निर्वाचन हु्ँदैछ । बझाङमा प्रदेश सभा सदस्य चयनका लागि र इलाममा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनको तयारी स्वरुप स्वतन्त्र उम्मेदवारहरुले चहलपहल बढाइरहेको अवस्थामा दलहरुले भने उम्मेदवार छनोट गर्न सकिरहेका छैनन् ।

नेकपा (एमाले) ले भने हिजो दुई ठाउँमै उम्मेदवार छनोट गरेको छ । एमालेले इलाममा सुहाङ नेम्वाङलाई र बझाङमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ । अन्य दलहरुले हालसम्म उम्मेदवार छनोट गर्न सकिरहेका छैनन् ।

नेकपा (माओवादी केन्द्र) ले पनि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन । माओवादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले आफूहरुको चाहना पार्टीकै उम्मेदवार उठाएर आफ्नै चुनाव चिन्हमा भोट हाल्न पाउनुपर्छ भन्ने रहेको बताए । उनले आफूहरुको चाहना हुँदाहुँदै पनि केन्द्रीय गठनबन्धनको निर्णयलाई स्वीकार्नुको विकल्प नरहेको उनको भनाइ छ । माओवादीले धिरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङलाई उम्मेदवारको आकांक्षीको रुपमा अगाडि सारेको छ ।

‘हाम्रो चाहना भनेको आफ्नै उम्मेदवार उठाएर आफ्नै चुनाव चिन्हमा मतदान गर्न पाउनुपर्छ भन्ने हो । हामी केन्द्रीय गठबन्धनको निर्णय पर्खेर बसेका छौं । केन्द्रको निर्णय जे आउँछ, त्यसलाई इमानदारितापूर्वक पालना गर्छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्